काठमाडौं
१५ भदोै २०८३

राजु सामत
रसुवा भएर बग्ने भोटेकोशी नदीमा भदौ १० मा बाढी आयो । उक्त बाढी त्रिशुली नदीमा मिसियो । जसले नदी आसपासका बस्ती बगायो । विद्यालयमा हिलो भरियो । त्यसरी क्षति भएको एक स्कुल हो धादिङको गल्छी गाउँपालिका– ६ बैरेनी बजारस्थित बागेश्वरी माध्यमिक विद्यालय ।
यो विद्यालयमा बिहानको कक्षा सुरु हुने बेला बाढी आएको थियो । विद्यार्थीहरू कक्षाकोठामा झोला छोडेर ज्यान जोगाउन भागेका थिए । बाढीले स्कुलमा क्षति गर्यो, हिलोले छोपेर गयो । जसको सरसफाइमा नेपाली सेना जुटेको छ ।
बाढीले स्कुलमा ल्याएको माटो सेनाले सफा गरिरहेको छ । विद्यार्थीहरू भने आफ्नो झोला र पुस्तक खोज्दै विद्यालय आइरहेका छन् ।
रासस:

