काठमाडौ
१९ भदोै २०८३

राजु सामत
काठमाडौँ — भोटेकोशी बाढीले क्षति पुर्याएका २० झोलुंगे पुलको मर्मतमा सरकार जुटेको छ । भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुंगे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको थियो ।
सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्यांकन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुंगे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए ।
यी पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो । जसमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुंगे पुलको मर्मतमा प्रगति भएको छ। यी ५ वटा झोलुंगे पुलहरू १ महिनाभित्र मर्मत सम्पन्न गरिनेछ
त्यसैगरी, पुनः निर्माण गर्नुपर्ने ३३ वटा झोलुंगे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ ।

