भोटेकोशी बाढी : बुधबार साँझ ६ बजेसम्म १ हजार २१६ शव फेला

२०८३ भाद्र १७, बुधबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौ 

१७ भदोै २०८३

राजु सामत 

काठमाडौँ — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार साँझ ६ बजेसम्म १ हजार २ सय १६ जनाको शव फेला परेको छ । रसुवामा ११५, नुवाकोटमा १ सय ५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्‍चिममा २०२ गरी १ हजार २ सय १६ जनाको शव फेला परेको हो ।

हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । घाइतेको संख्या ३०१ रहेका छन् ।

 

 

रासस:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय