युवा खेलाडी मनीषाले करातेकै रेहान जाबेद, बक्सिङका अर्पिल राना, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तवलाई पछाडि पार्दै अवार्ड जितेका थिए । गत वर्ष मनिषाले एसियन २३औं क्याडेट, जुनियर तथा यू–२१ कराते च्याम्पियनसिपमा कांस्य तथा श्रीलंकामा नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा दुई स्वर्ण जितेकी थिइन् ।
नेपाललाई प्रथम दृष्टिविहिन महिला टी–२० क्रिकेटको फाइनलसम्म पुर्याउन विशेष योगदान दिने सुष्मा तामाङले पारा एथलिट सम्मान पाइन् । उनी पूर्ण रूपमा दृष्टिविहीन अर्थात बी वान क्याटगोरीकी क्रिकेटर हुन् ।
ब्याडमिन्टनका भेट्रान कुमार मोहनबहादुर शाही ‘एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । ८३ वर्षीय शाही एसियाली खेलकुद खेल्ने ब्याडमिन्टनका पहिलो पुस्ताका खेलाडी हुन् । आफ्ना जमानाका उनी ब्याडमिन्टनसँगै फुटबल, टेबलटेनिस, टेनिस र ब्याडमिन्टनका उम्दा खेलाडी थिए ।


