राहदानी छपाइ अनियमितता प्रकरण : जर्मन कम्पनी भेरिडोसलाई साधारण तारेखमा राख्ने आदेश

२०८३ भाद्र २४, बुधबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं 

२४ गते २०८३

राजु सामत 

काठमाडौँ — विशेष अदालतले नेपालको राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी भेरिडोसलाई साधारण तारिखमा राख्न आदेश गरेको छ ।

विशेष अदालतका सदस्यहरू नारायण पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले भेरिडोससँग कुनै धरौटी नमागी साधारण तारिखमा छाड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाइमा भ्रष्टाचार भएको भन्दै राहदानी विभागका कर्मचारीसहित ठेक्का पाएको जर्मन कम्पनी भेरिडोसविरुद्ध पनि मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि जर्मन कम्पनी भेरिडोसले नेपाली प्रतिनिधिलाई अख्तियारनामा दिएको थियो

अख्तियारनामा पाएका व्यक्ति विशेष अदालतमा उपस्थित भएपछि अदालतले यस्तो आदेश गरेको हो । विशेष अदालतमा बयान र थुनछेक बहसपछि अदालतले उनीहरुलाई साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय