चाडबाडमा काठमाडौंको सुरक्षा योजना : ३५ सय प्रहरी परिचालन, ड्रोनबाट निगरानी

२०८३ आश्विन १६, शुक्रबार
पढ्ने समय : 2 मिनेट

काठमाडौ

१६ असोज २०८३

राजु सामत 

काठमाडौँ — नजिकिँदै गरेका चाडबाडहरू दसैं, तिहार र छठलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार दसैंसहितका चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना तयार पारिएको हो ।

‘यो अवधिमा काठमाडौंमा मात्र ३ हजार ५०६ जना प्रहरी कर्मचारी खटिनेछन् । आवश्यकता अनुसार माथिल्लो निकायबाट समेत रिजर्भ टोली थप हुनेछ,’ उनले भने, ‘चाडपर्वको समयलाई लक्षित गरेर केही स्थानलाई संवेदनशील स्थानसमेत तोकेर काम गरिरहेका छौं ।’

प्रहरीले धार्मिक स्थल पशुपतिनाथ, गुह्येश्वरी, दक्षिणकालीलगायत तथा भीडभाड हुने न्यूरोड, असन, कोटेश्वर र कलंकीलाई संवेदनशील क्षेत्र तोकेको छ । त्यस्तै,सपिङ मल, सुनचाँदी पसल, सरकारी तथा निजी कार्यालय र एटीएमलाई पनि संवेदनशील क्षेत्रका रूपमा राखिएको छ ।

एसपी थापाका अनुसार चाडपर्वको समयमा सामान्य अवस्थाभन्दा चोरी, पाकेटमारी, लुटपाट, धम्की, जुवा, नक्कली नोटको कारोबार तथा पेय पदार्थमा नसालु पदार्थ मिसाएर ठगी गर्नेजस्ता अपराधको जोखिम बढ्न सक्छ । पटाकाबाट हुनसक्ने दुर्घटना, मदिरा सेवनका कारण हुनसक्ने सवारी दुर्घटना तथा नक्कली टिकटको कारोबारसँगै घर बन्द गरेर बाहिर जाँदा चोरीको जोखिमसमेत हुनसक्छ । त्यसैगरी खसी बजारमा समेत सुरक्षा निगरानी बढाउने प्रहरीको तयारी छ ।

‘सम्भावित अपराध तथा जोखिम पहिचान गरेर अग्रिम तयारी गरिरहेका छौं । त्यसक्रममा गस्ती, निगरानी, जाँच तथा संवेदनशील स्थानमा प्रहरीको उपस्थिति सुदृढ गरेर अपराध हुन नदिने गरी काम गर्नेछौं,’ थापाले भने, ‘कानुनविपरीत क्रियाकलापमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गर्ने, चेकपोइन्ट, सर्च तथा विशेष अपरेसन सञ्चालन गर्ने तयारी छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय