काठमाडौं
३१ साउन २०८३

राजु सामत
भक्तपुरको चारदोबाटोमा ग्यासका लागि लाइन लागेका उपभोक्ता । अविरल वर्षाकाबीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन् । उपभोक्ताको मागअनुसार सरकारले खाना पकाउने ग्यास दिन नसक्दा दुई सातादेखि संकटको स्थिति छ । उपभोक्तालाई सहज होस् भनेर विभिन्न स्थानबाट ग्यास वितरण सुरु गरिए पनि प्रभावकारी हुन सकेको छैन
काठमाडौं लागायत देशका विभिन्न स्थानमा ग्यासको सटेज भएको छ ।विशेष गरी विद्यार्थी लगायत रुममा बस्ने मानिसहरु समस्यामा परेका छन

