अब चुस्त मोडलमा उद्योग सञ्चालनका लागि अध्ययन भइरहेको उनले बताए । ‘गोरखकाली टायर राष्ट्रको गौरवको प्रोजेक्ट हो, आयो गोरखकाली टायर भन्दै, सुन्दै हुर्किएका हौं, फेरि सुन्न पाउँ भन्ने सबैको तीव्र चाहना छ,’ उनले भने ।
चल्दै गरेको अवस्थामा उद्योग बन्द हुँदा संरचनाहरू लथालिंग बन्दै गएको प्रतिनिधिसभा सदस्य बुर्लाकोटीले बताए । ‘कुन मितिमा सञ्चालन हुने भन्ने जस्ता प्रश्न आउँछन्, यकिन मिति भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘केही महिनाभित्रै कुन मोडालिटीमा सञ्चालन गर्न सकिन्छ भन्ने चाहिँ टुंगो लाग्छ ।’


