अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा छाड्न अदालतको आदेश

२०८३ बैशाख २४, बिहीबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं 

२०८३ बैशाख २४ गते 

राजु सामत 

 

काठमाडौं — जिल्ला अदालत काठमाडौंले अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले धरौटी माग गर्ने आदेश गरेको हो ।

उनीहरुविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन् । बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई जनही २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको हो ।

अदालतले गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र नीता खत्रीसँग २५ हजार रुपैयाँ धरौटी माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय