काठमाडौ
०२ असोज २०८३

राजु सामत
काठमाडौँ — सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा सीआईबीको टोलीले छापा मारेको छ ।
सीआईबी प्रमुख उमाप्रसाद चतुर्वेदीले सीआईबीको टोलीले त्यहाँ पुगेर केही कागजातहरु उठाएर ल्याएको बताए । चतुर्वेदीले भने, ‘एन्फामाथि अनुसन्धान चलिरहेकाले त्यसबारे बुझ्न कार्यालयमा गएर केही कागजात उठाएका छौँ । अनुसन्धानका क्रममा केही व्यक्तिसँग सोधपुछ पनि गरिरहेका छौं ।’
सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र सीआईबीले अनुसन्धान गरिरहेको बताए ।