काठमाडौं
३ असोज २०८३

राजु सामत
विराटनगर — सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा शनिबार साँझ गोली चल्दा मध्यहसाईका युवक घाइते भएका छन् ।
तिघ्रामा गोली लागेर घाइते भएका ३३ वर्षीय निरजकुमार यादवको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पुष्प मल्लले घटनाको कारण र गोली चलाउने व्यक्तिबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस:

