NPL season 3 को पहिलो खेलमा Lumbini Lions ले Sudurpaschim Royals लाई 7 wicket ले पराजित

२०८३ कार्तिक १०, सोमबार
पढ्ने समय : 2 मिनेट

काठमाडौं

०९ कार्तिक  २०८३

राजु सामत 

काठमाडौ -किशोर महतो र शेर मल्लको उत्कृष्ट बलिङ तथा डी’आरसी शट र आसिफ शेखले आक्रामक ब्याटिङ गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि बचाउ अभियान सानदार ढंगमा गरेको छ ।

तेस्रो सिजनको पहिलो दिनको खेलमा लुम्बिनीले सोमबार सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्‍यो । लुम्बिनीले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ९.५ ओभरमै पूरा गर्‍यो । गत वर्ष पनि लुम्बिनीले सुदूरपश्चिमलाई फाइनलमा ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

डी’आरसी १८ बलमा ४० रन बनाई आउट भए । डी’आरसीले इनिङ्सको पहिलो बलमै कुग्लेनलाई डिप स्क्वायर लेगमा छक्का प्रहार गरेका थिए । उनले कुल ४ चौका र ३ छक्का प्रहार गरे ।
डी’आरसी १८ बलमा ४० रन बनाई आउट भए । डी’आरसीले इनिङ्सको पहिलो बलमै कुग्लेनलाई डिप स्क्वायर लेगमा छक्का प्रहार गरेका थिए । उनले कुल ४ चौका र ३ छक्का प्रहार गरे ।
निरोशन डिकवेलालाई कप्तान दीपेन्द्रसिंह ऐरीले ७ रनमा बोल्ड गरे । बंगलादेशी ब्याटर समिम हुसैन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे । रोहितले नै दीपेन्द्रलाई विजयी चौका प्रहार गरेका थिए ।यसअघि किशोर र शेरले एकआपसमा ७ विकेट लिएपछि च्याम्पियन लुम्बिनीले उत्कृष्ट सुरुआत गरेको छ । किशोरले ४ र शेरले ३ विकेट लिएपछि लुम्बिनीले पहिलो दिनको खेलमा सुदूरपश्चिमलाई केवल ८७ रनमै अलआउट गरेको थियो ।लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि ब्याटिङको निम्ता पाएको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट भएको थियो । दाहिने हाते तीव्र बलर किशोरले ४ ओभरमा २८ रन खर्चेर उत्कृष्ट बलिङ गरे । गत सिजन १७ विकेट लिएर सनसनी बलिङ गरेका अफ स्पिनर शेरले ४ ओभरमा ११ रनमात्र खर्चेर ३ विकेट लिएका हुन् ।पावर प्लेको ६ ओभरमा शीर्ष ४ विकेट गुमाएपछि सुदूरपश्चिम फेरि माथि उठ्न सकेन । शेरले चौथो ओभरमा विनोद भण्डारीलाई एलबीडब्लु आउट गरे भने किशोरले आरिफ शेखलाई शून्य र ब्रान्डन म्यामलेनलाई २ रनमा आउट गरी एकै ओभरमा दुई सफलता पाए ।सुदूरपश्चिमको टोलीमा फर्किएका सैफ जैब पनि १४ बलमा २ चौका प्रहार गरी १३ रन बनाई छैटौं ओभरमा अमेरिकी बलर स्याडली भान साकवाईबाट आउट भए । तिलक भण्डारीले इशान पाण्डेलाई ७ रनमा आउट गरी नवौं ओभरमा लुम्बिनीलाई पाँचौं सफलता दिलाए ।शेरले सेरफेन रदरफोर्डलाई १ र स्कट कुग्लेनलाई शून्यमा आउट गरे । किशोरले लगातार बलमा कप्तान दीपेन्द्र र हेमन्त धामीलाई बोल्ड गरी ह्याट्रिक नजिक पुगे । दीपेन्द्रले सुदूरपश्चिमबाट सर्वाधिक २७ रन बनाउने क्रममा २३ बल खेली २ चौका प्रहार गरे । हेमन्तले खाता खोल्न भ्याएनन् । रोहितले अविनाश बोहरालाई बोल्ड गरे । अनिल खरेल १५ रनमा अविजित रहे ।गत दुई सिजन नै फाइनलमा पराजित सुदूरपश्चिमले यसपटक कमजोर सुरुआत गरेको हो । अघिल्ला दुई सिजनमा सुदूरपश्चिमले लिग चरणमा १–१ खेलमा मात्र पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय