भारतसँगका उडानमा निश्चित मोडेलको पावर बैंक प्रतिबन्धित

२०८३ आश्विन २७, मंगलवार
पढ्ने समय : < 1 मिनेट

काठमाडौ 

२७ असोज २०८३ 

राजु सामत 

काठमाडौँ — नेपाल वायुसेवा निगमले भारतसँग सम्बन्धित उडानमा निश्चित मोडेलको पावर बैंक बोक्न प्रतिबन्ध लगाइएको भन्दै यात्रुका लागि आज सूचना जारी गरेको छ।

निगमले मंगलबार जारी गरेको सूचनाअनुसार भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) को एरोनटिकल इन्फर्मेसन सर्कुलर अनुसार MOBIKINS MK-PB-04 मोडेलको पावर बैंक भारतभित्र, भारतबाट र भारततर्फ सञ्चालन हुने उडानमा बोक्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

उक्त पावर बैंक यात्रुले क्याबिन वा ह्यान्ड ब्याग, चेक-इन ब्यागेज तथा कार्गोका रूपमा समेत लैजान निषेध गरिएको छ ।

निगमले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सबै यात्रुलाई उक्त मोडेलको पावर बैंक साथमा नलिई यात्रा गर्न अनुरोध गरेको छ।

निगमले जारी गरेको सूचनामा यात्रुहरूलाई असुविधा नहोस् भन्ने उद्देश्यले प्रतिबन्धित पावर बैंक नबोक्न आग्रह गरिएको छ।

 

रासस:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय