२३९८ जना कोरोना संक्रमित थपिँदा २०७८ जना डिस्चार्ज, १२ को मृत्यु

२०८२ भाद्र ६, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

नेपालमा थप २ हजार ३९८ जना कोरोना संक्रमित थपिएका छन्। ११ हजार १२ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५८ को पिसिआर परीक्षण गर्दा १ हजार ६३९ जनामा पोजेटिभ देखिएको हो भने ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षणका क्रममा ७५९ जनामा पोजेटिभ देखिएको हो।

संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। यीसहित मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ।

२ हजार ७८ जना कोरोनाबाट मुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय