आईसीसी मेन्स टी-२० विश्वकपको आधिकारिक वार्म अप खेल साेमबार सुरु भएको छ।

२०८२ माघ १९, सोमबार
पढ्ने समय : < 1 मिनेट

अर्घाखाँची

२०८१/१०/१९ गते

राजु सामत

 

अर्घाखाँची –पहिलो वार्म अप खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई ६१ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो। ओपनर इब्राहिम जद्रानले ३६ रनको योगदान गरेका थिए।

चौथो नम्बरका डाविस रसुलीले ८४ रनको सानदार पारी खेलेका थिए। उनले ४६ बलमा सात चौका र पााच छक्का प्रहार गरेका थिए। मोहम्मद नैबले पनि ३४ रनको योगदान गरे। ज्याक जारविस र मार्क वाटले समान २-२ विकेट लिएका थिए। जवाफमा एक सय ८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १९ ओभर तीन बलमा एक सय २३ रनमा नै अलआउट भएको हो।

ओपनर जर्ज मान्जी र मिचेल जोन्सले २४ रनको साझेदारी गरे। जोन्सले सर्वाधिक २१ रन बनाए भने म्याथ्यू क्रसले पनि २१ रनको नै योगदान गर्न सके। अफगानिस्तानका अजमतुल्लाह उमरजाईले तीन विकेट आफ्नो नाममा गरेका थिए। जइउर रहमान र मोहम्मद नाबीले समान २-२ विकेट आफ्नो नाममा गरेका थिए। स्कटल्यान्डले अर्को वार्म अपमा नामिबियाको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय