प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय

२०८२ चैत्र १५, आईतवार
पढ्ने समय : < 1 मिनेट

काठमाडौ

२०८२/१२/१५ गते

राजु सामत

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेको छन् । आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले १ वैशाख २०८३  देखि यस्ता कक्षाहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले प्रेस विज्ञप्ति जारी गरेर निर्णय बारे जानकारी गराएका छन् । विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सको नाममा विभिन्न संस्थाहरुले सञ्चालन गर्दै आएका कार्यक्रमहरु बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता कार्यक्रमहरू सञ्चालन भए अनुगमन गरी प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउनेसम्बन्धी जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय