काठमाडौं
१३ भदोै २०८३

राजु सामत
नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले भोटेकोशी बाढीपछिको विपत्तिमा अझै २ हजार ३ सय ६२ जना बेपत्ता रहेको जानकारी दिएका छन् । शनिबार दिउँसो प्रवक्ता काफ्लेले दिएको जानकारी अनुसार स्वदेशी १८ सय ६३ जनासहित २३ सय ६२ जना बेपत्ता छन् । बेपत्ता हुनेमा स्वदेशी पुरुष १५ सय ९१, महिला २ सय ६४ छन् । विदेशी पुरुष २ सय २३, महिला ३ सय जना बेपत्ता छन् ।
शनिबार अपराह्न ४ बजेसम्मको विवरण अनुसार ६ सय ६९ जनाको शव भेटिएको उनले बताए । जसमा महिला १४८, पुरुष २६८, बालिका २२, बालक २० र आंशिक अंग २११ छन् । २० वटा शव आफन्तलाई जिम्मा लगाइसकेको पनि उनले बताए । जारी खोज तथा उद्धारका क्रममा २३ सय १ जना घाइतेको उद्धार गरिएको छ । त्यसमा पुरुष १५ सय ६, महिला ७ सय ९५ छन् । प्रभावित १ हजार जनालाई अहिले नुवाकोटमा रहेका ९ वटा होल्डिङ सेन्टरमा राखिएका छन् । धादिङका रहेको होल्डिङ सेन्टरमा भने विस्थापित नरहेको प्रवक्ता काफ्लेले बताए ।

