ने . क . पा .(माओवादीको) तेस्रो पूर्ण बैठक सम्पन्न, भ्रष्टाचार र मिटरब्याजीविरुद्ध संघर्ष गर्ने निर्णय

२०८३ आश्विन २०, मंगलवार
पढ्ने समय : < 1 मिनेट

लुम्बिनी 

२० असोज २०८३

राजु सामत

 

अर्घाखाँची  – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ। सन्तोष ‘सी’को प्रमुख आतिथ्य तथा खेम ‘सी’को विशेष आतिथ्यमा बैठक सम्पन्न भएको हो।
बैठकको अध्यक्षता जिल्ला इन्चार्ज खेम ‘सी’ले गर्नुभएको थियो भने मिसन ‘सी’ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
बैठकले देशमा बढ्दै गएको भ्रष्टाचार, मिटरब्याज तथा लघुवित्तसम्बन्धी समस्याविरुद्ध संघर्ष अघि बढाउने निर्णय गरेको जनाएको छ। जनताका समस्यालाई केन्द्रमा राख्दै आवश्यक संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको बताइएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सन्तोष ‘सी’ले माओवादी अब पछि नहट्ने बताउनुभयो। उहाँले पार्टी र कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन खोज्ने प्रवृत्तिविरुद्ध दृढतापूर्वक अघि बढ्ने धारणा राख्नुभयो।
त्यस्तै, विशेष अतिथि खेम ‘सी’ले संघर्षसँगै उत्पादनलाई पनि जोड दिनुपर्ने बताउनुभयो। उहाँले वर्तमान समयमा साम्राज्यवाद नयाँ प्रविधि र डिजिटल माध्यममार्फत समेत उपस्थित भइरहेको भन्दै त्यसलाई बुझेर पार्टी गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
बैठकमा सहभागी विभिन्न कमरेडहरूले पार्टीको आगामी कार्यदिशा, जनताका समस्या तथा संघर्षका विषयमा आ–आफ्ना धारणा राखेका थिए। सहभागीहरूको भनाइपछि बैठक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय