हेलिकप्टर चढेर साइपाल पुग्यो जिप

२०८२ चैत्र १३, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

काठमाण्डोै

चैत्र २८ २०८२

राजु सामत

 

बझाङ — जिल्लाको विकट र क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो साइपाल गाउँपालिकामा अब जिप चढेर यात्रा गर्न पाइने भएको छ । एक जना व्यवसायीले हेलिकप्टरमार्फत जिप ढुवानी गरेर हालसम्म यातायात सुविधा नपुगेको साइपालमा जिप सेवा सुरु गरेका हुन् ।

बझाङ विमानस्थलबाट जिपलाई खोलेर टुक्राटुक्रामा हेलिकप्टरबाट ढुवानी गरिएको थियो । धलौनमा ल्याइएका भागहरू पुनः जोडिएपछि जिपले सेवा दिन सुरू गरेको हो । तलकोट र साइपाल गाउँपालिकाको सीमामा पर्ने जाडलेकदेखि साइपाल गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने धलौन गाउँसम्म करिब १० किलोमिटर सडकमा जिप सञ्चालनमा ल्याइएको तामाङ निर्माण सेवाले जनाएको छ । निर्माणाधीन उक्त सडक भने अझै सदरमुकाम जोड्ने सडक सञ्जालसँग जोडिएको छैन ।

तलकोट गाउँपालिकाको कुवासम्म जिल्लाको सडक सञ्जाल जोडिए पनि त्यहाँबाट जाडलेकसम्म करिब सात किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ । यद्यपि साइपाल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र डोजर चल्ने गरी करिब १० किलोमिटर सडक निर्माण गरिसकेको छ । उक्त सडक निर्माणको ठेक्का पाएको तामाङ निर्माण सेवाले खच्चरमार्फत डोजरमा प्रयोग हुने इन्धन ढुवानी गर्न महँगो पर्ने भएकाले निर्माण प्रयोजनका लागि जिप हेलिकप्टरमार्फत साइपाल ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय