पूर्वप्रधानमन्त्री देउवा, ओली र दाहालविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तीव्रता

२०८२ चैत्र १६, सोमबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं 

२०८२ चैत्र १६

राजु सामत 

काठमाडौँ — सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ । अनुसन्धानकै क्रममा पूर्वमन्त्री खड्का आइतबार पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोगमा तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीविरुद्ध थप अनुसन्धान अघि बढाएको हो । ६ महिनाअघि नै प्रारम्भिक छानबिन थालेको विभागले अनुसन्धानका लागि सहयोग माग्दै प्रहरी प्रधान कार्यालयलाई गत साता पत्र पठाएको थियो । त्यही पत्रका आधारमा पूर्वमन्त्री तथा कांग्रेस नेता खड्कालाई सीआईबीले पक्राउ गरेको हो ।

खड्का पक्राउलगत्तै गृहमन्त्री सुधन गुरुङले ‘सीआईबीको जरुरी पक्राउ पुर्जी’ सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए । ‘पूर्वऊर्जामन्त्री खड्कालाई २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा नियन्त्रणमा लिइएको’ पनि उनले फेसबुकमा लेखेका छन् । गृहमन्त्री गुरुङ र विभागले अन्य नेताको अनुसन्धानबारे खुलाएका छैनन् ।

  1. बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ परेका खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिइसकेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति माग गरेको व्यहोरा मनासिब देखिएकाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम आइतबारदेखि लागू हुने गरी ७ (सात) दिनको म्याद दिइएको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय