बाख्रापालनबाटै छोरालाई बनाए अधिकृत

२०८२ चैत्र १८, बुधबार
पढ्ने समय : < 1 मिनेट

अर्घाखाँची 

 

२०८२ चैत्र १८ गते

 

राजु सामत 

 

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ मा बस्ने गोपाल बस्याल र बसन्ता बस्यालको युगल जोडीले वर्षौंदेखि बाख्रा पाल्दै आउनुभएको छ। गोपाल बस्याल पहिले भारतमा कामको सिलसिलामा जानुभएको थियो र अहिले आएर देशमै केही गर्नुपर्छ भनेर स्थानीय तथा नेपाल सरकारको अनुदान सहयोगमा अस्ट्रेलियाबाट बोएर जातिको बोका ल्याउनुभएको थियो।

उहाँले भन्नुहुन्छ गर्न सके भने देशमै सुन फलाउन सकिन्छ उहाँको जोडी बाख्रा तथा पशुपालनबाट सन्तुष्टि हुनुहुन्छ। बाख्रा पालेरै छोरालाई अधिकृत बनाउनुभएको छ। उहाँको मेहनत देखेर गाउँका मानिस समेत परिश्रम गर्न लागेका छन्। बस्यालका अनुसार गाउँभरि नै बोयर बाख्राको उत्पादन सुरु हुन थालेको छ। उहाँ गाउँ समाजको मात्र नभई देशको एउटा नमुना कृषकको रुपमा सफल कृषक हुनुभएको छ।

 

बयर बाख्रा अरु बाख्राको तुलनामा महँगो पर्न जाने गर्दछ। जसले गर्दा कृषकलाई प्रशस्त मात्रामा फाइदा पुर्‍याउन सक्दछ। यो बाख्रा जुनसुकै ठाउँमा पनि पाल्न सकिने बताइएको छ। विशेष त पहाडी इलाकामा यो बाख्रा पालनका लागी जोड दिइएको छ। उहाँले पहिले अस्ट्रेलियाबाट एउटा बोका लिनुभएको र त्यो बुढो भइसकेपछि अनुदानमा अर्को बोका पाउनुभएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय