संसद्‌को पहिलो बैठकमा कुन-कुन नेताले सम्बोधन गर्दै छन् ?

२०८२ चैत्र १९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं 

२०८२ चैत्र १९ गते 

राजु सामत 

 

काठमाडौँ — २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलो संसद् बैठक बस्दै छ । दिउँसो २ बजेलाई तय गरिएको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेता/संसदीय दलका नेताले सम्बोधन गर्दै छन् ।

संसद्‌मा सबैभन्दा ठूलो दल रास्वपाबाट सभापति रवि लामिछानेले सम्बाेधन गर्ने भएका छन् । सभापतिले सम्बोधन गर्ने निर्णय भएको पार्टी प्रवक्ता मनीष झाले बताए ।

अधिवेशन सुरु भएको अवसरमा दलीय आधारमा नेताहरुले धारणा राख्ने भएका हुन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका तर्फबाट भने भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन् ।

तेस्राे दल एमालेका तर्फबाट दलका नेता रामबहादुर थापा र नेकपाबाट नेता वर्षमान पुनले बाेल्नेछन् ।

श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने भएका छन् । त्यस्तै, स्वतन्त्र सांसद महावीर पुनले पनि धारणा राख्नेछन्

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ४० मिनेट बाेल्न पाउने भए पनि २५ मिनेट भए पुग्छ भनेकाले २५ मिनेट समय निर्धारण गरिएको छ।

कांग्रेसबाट आङ्देम्बेले बोल्ने पाएको समय ८ मिनेटमा थप २ मिनेट गरेर १० मिनेट बनाइएकाे छ । एमालेबाट थापाले पाएको समय ५ मिनेट भए पनि थप ३ मिनेटसहित ८ मिनेट रहेकाे छ ।

नेकपाबाट पुनले बोल्ने पाउने समय ५ मिनेट रहेकामा थप २ मिनेट गरेर ७ मिनेट तोकिएको छ ।

त्यस्तै, श्रम संस्कृति पार्टीबाट साम्पाङले बोल्न पाउने समय ५ मिनेट भए पनि २ मिनेट थपेर ७ मिनेट बाेल्नेछन् । राप्रपाबाट ज्ञानबहादुर शाही  र स्वतन्त्र सांसद महावीर पुनले पनि ७ मिनेट नै बाेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय