अर्घाखाँचीको सितगंगा नगरपालिकामा भयो घोटला माथि घोटला

२०८३ बैशाख २३, बुधबार
पढ्ने समय : 2 मिनेट

अर्घाखाँची लुम्बिनी 

२०८३/०१/२३ गते 

राजु सामत 

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकामा भयो घोटलामाथि घोटला
गत बर्ष २०८१/२०८२ को आर्थिक वर्षमा कार्यलय प्रमुख , उपप्रमुख र लेखा मिलेर लाखोैँको घोटला गरेका छन ।
कार्यलय प्रमुख कृष्ण प्रसाद सापकोट , उपप्रमुख गिता भाट, र लेखा सन्तोष पन्थी मिलेर शितगगां नगरपालीकामा लाखोैको घोटला गरेको पाइएको छ । उप- प्रमुख गिता भाटले नगरपालिकावाट भुक्तानी हुने गरि टोपलाल पाण्डेको मा मिति २०८२/ ०४/०१ गतेदेखी २०८३ को अषाढ मसन्ता सम्म प्रति कोठा ३००० को दरले ६ वटा कोठा बार्षिक २,१६०००मा उपप्रमुख निवास र स्टोर प्रयोजन भनी ६ वटा रुममा बस्दै आउनु भएको छ र ६ वटा कोठा मध्ये केही कोठा स्टोर भनिएता पनि त्या स्टोर छैन ।त्यती ठुलो भवन हुदा हुँदै स्टोर लिन जरुरी थियो कि थिएन तर माथी स्टोर भनिएता पनि स्टोर छैन तर उपप्रमुख लाई प्रश्न गर्दा मलाई थाहा छैन भन्नुहुन्छ।

 

पहिलेको कार्यलय प्रमुखले रोक्का गर्दिएको रकम अहिलेको कार्यलय प्रमुखले बिल पास गरेका छन

नगरपालिका वाट भुक्तानी हुने गरि स्याउ , केरा , गाग्री , कचोैरा , ग्यास , पोछा , घिउ , काजु , अण्डा सुन्तला , गोपी , लसुन , चिनि, पनियु ,करुवा ,तावा लगायतका समान लगिएको छ तर विडम्वना क्यानटिन वाट नास्ता चिया गएको हुन्छ आखिर का जान्छन त त्यो समान जनताको आखाँमा छारो हाल्ने काम भएको छ ।


क्यान्टिनवाट खाना आउदा पनि वर्षको १८ वटा ग्याँस आखिर कहाँ जान्छ त।

यस्ता जन प्रतिनिधि र लेखा तथा कार्यलय प्रमुख भएपछि जनताले के आस गर्ने त।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय