नेपालले अमेरिकालाई विशाल अन्तरले हरायो इशान पाण्डे र दीपेन्द्र ऐरीको उत्कृष्ट

२०८३ जेष्ठ ८, शुक्रबार
पढ्ने समय : 2 मिनेट

काठमाडौं

२०८३ जेठ ०८ गते 

राजु सामत 

काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग २ मा शीर्ष स्थानको अमेरिकालाई १ २२ सय रनले पराजित गरेको छ । ३ सय १८ रनको लक्ष्य लिएर अमेरिका शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ४१.२ ओभरमा १ सय ९५ रनमा अलआउट भयो ।

नेपालले जितसहित घरेलु मैदानमा लिग २ को यात्रा टुंग्याएको हो । नेपालले यस शृंखलाको ४ खेलमा ३ मा विजय हात पार्यो । स्कटल्यान्डसँगको पहिलो खेलमा नेपाल २ रनले पराजित भएको थियो । त्यसपछि नेपालले अमेरिकालाई २ र स्कटल्यान्डलाई १ पटक पराजित गर्न सफल भयो ।

२०२४–२६ को लिग २ सर्कलमा नेपाल १२ मध्येको ७ खेल जित्न सफल भयो । नेपालले २८ खेलमा ११ औं जित हात पार्दै २४ अंकसहित पाँचौँ स्थानमा छ । अमेरिका २८ खेलमा ३८ अंकसहित शीर्ष स्थानमा छ । स्कटल्यान्डको पनि ३२ खेलमा ३८ अंक छ, तर नेट रन रेटका कारण अमेरिकाभन्दा पछाडि छ ।

विशाल लक्ष्य लिएर अमेरिकालाई पहिलो ओभरमै झट्का लाग्यो, जब सोमपाल कामीले स्मित पटेललाई विकेटको पछाडि क्याच गराए । सायन जहाँगिर र सेहन जयसूर्याले दोस्रो विकेटमा तेस्रो विकेटमा ५३ रनको साझेदारी गरे । सन्दीप लामिछानेले जहाँगिरलाई २७ रनमा विकेटको पछाडि क्याच गराए । जहाँगिरले ३४ बल खेली १ चौका र २ छक्कासहित २७ रन बनाए ।

अर्को ओभरमा दीपेन्द्रसिंह ऐरीले जयसुर्यालाई २२ रनमा बोल्ड गरे । जयसुर्याले २७ बल खेली ६ चौका प्रहार गरी २६ रन बनाए । त्यसपछि सन्दीपले मिलिन्द कुमारलाई १२ र कप्तान साइतेजा मुकामल्लाई २२ रनमा र ललित राजवंशीले शुभम रन्जनेलाई २ र हरमित सिंहलाई शुन्यमा आउट गरे ।

सञ्जय कृष्णमुर्थीले ५६ रन बनाउँदै छोटो समयका लागि अमेरिकालाई आशा देखाएका थिए । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । उनलाई गुलशन झाले बोल्ड गरे । गुलशनले सौरभ नेत्रवलकरलाई १० र दीपेन्द्रले नोसथुस केन्जिगेलाई २९ रनमा आउट गरे । केन्जिगेले ५० बल खेली ४ चौका प्रहार गरे ।

नेपालबाट सन्दीपले ३, ललित, दीपेन्द्र र गुलशनले २–२ तथा सोमपालले १ विकेट लिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ३०, ललितले १० ओभरमा ३८, दीपेन्द्रले ४.२ ओभरमा २६ र गुलशनले ६ ओभरमा ३६ रन खर्चे ।

यसअघि टस हारेपछि ब्याटिङका लागि निम्त्याइएको नेपालले निर्धारित ५० ओभर खेली ८ विकेट गुमाई ३ सय १७ रन बनाएको थियो । कीर्तिपुर मैदानमा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो उच्च स्कोर हो । अघिल्लो महिना ओमानविरुद्ध नेपालले ८ विकेट गुमाई ३ सय १० रन बनाएको थियो । कीर्तिपुर मैदानकै उच्च स्कोर भन्दा नेपाल ४ रनले पछाडि रहयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय