काठमाडौं
२०८३ असार २१ गते

राजु सामत
गोरखा — गण्डकी गाउँपालिका–८ घ्याल्चोकका देवेन्द्र भुजेलले बिक्रीका लागि बजार पठाउन ६ सय रुपैयाँ ज्याला दिएर २ क्वीन्टल भन्टा टिपाए । बोराको ३० रुपैयाँ र खेतलाको खाजा खर्च ५० रुपैयाँ जोड्दा बजार पठाउने बेलासम्म यसमा ६ सय ८० रुपैयाँ खर्च भइसकेको थियो । तर व्यापारीले भुजेलले उत्पादन गरेको भन्टा प्रतिकेजी ५ रुपैयाँमा मात्र खरिद गर्ने भनेपछि सडकमै फ्यालिदिए । उनले ४ दिनअघि घ्याल्चोकस्थित डिपबोरिङ क्षेत्रको सडकमै भन्टा फालिदिएका हुन् ।
‘बजार पठाउनमा मात्रै ६ सय ८० रुपैयाँ खर्च भइसकेको छ । अब २ क्वीन्टल बेच्दा १२ सय रुपैयाँजति आउने रहेछ, आफ्नो दु:ख, मल सबै गर्दा उल्टो खल्तीबाट पैसा हालेर बेच्नुपर्ने अवस्था आयो,’ भुजेलले भने, ‘२०७६ सालदेखि खेति गरिरहेको छुँ, यो समस्या वर्षेनी हुन्छ, सधैँ थोरै मूल्यमा व्यापारीले किन्न खोज्छन्, किसानलाई सधैँ मार पर्छ ।’
गण्डकी गाउँपालिका ७ र ८ घ्याल्चोकका किसानले ३ दशकयता व्यवसायिक तरकारी खेती गर्दैआएका छन् । यहाँ उत्पादित तरकारी सिधै काठमाडौं पुग्छ । तर यसपटक त भन्टाले निकै थोरै भाउ पायो । लागत पनि नउठ्ने भन्दै किसानहरूले चिन्ता व्यक्त
असार लागेदेखिनै ५ देखि ७ रुपैयाँ प्रतिकेजिमा भण्टा बिक्री भइरहेको भुजेलले बताए । उनले यस वर्ष ४ रोपनी ८ आनामा भन्टा लगाएका छन् । ‘धेरै दु:ख परेको छ, अस्ति फाले पनि पछि २ क्वीन्टल भन्टा पठाएँ, तर वचत छैन,’ उनले भने, ‘अलि अलि बोडी र काक्रो पनि छ । बोडी र काक्रोले पनि राम्रो भाउ पाएको छैन, कांक्रो १० रुपैयाँ केजी भनेका छन् र बोडी कहिले ५ कहिले १० रुपैयाँ भन्छन् । यतिमा बेचेर दु:ख ओत्दैन ।’
घ्याल्चोककै ईश्वर अधिकारीले बोडीले भाउ नपाएपछि बोटबाट टिपेर फाल्दै विरोध जनाएका छन् । २ रोपनी मा लगाएको बोडी प्रतिकेजी १२ रुपैयाँ मूल्य पाउँदा लागत पनि नउठ्ने उनले बताए । गत वर्षको असोजमा यस क्षेत्रका किसानले बोडीकै प्रतिकेजी १८० रुपैयाँसम्म पाएका थिए । यस वर्ष असार लागेदेखि तरकारीको भाउ निकै न्यून बनेको किसान बताउँछन् ।
‘किसानलाई घाटा नलाग्ने तवरले सरकारले मूल्य निर्धारण गरिदिए सहज हुन्छ कि झै पनि लाग्छ, यसरी त किसानले कहिलै वास्तविक मूल्य पाएनन्,’ भुजेल भन्छन् । व्यवसायिक खेतिमा लागेका किसान उत्पादित तरकारीले भाउ नपाउँदा समस्यामा परेका छन् । ‘किसानलाई दु:खै दु:ख छ, कहिले मल पाइँदैन, १० किलो युरियामल लिन विहानभर लाइन बस्नुपर्छ, उत्पादन भएपछि पनि बिक्रीकै पिरलो,’ उनले भनेा छन

