एक हजार २५० मेट्रिक टन डिएपी मल सोमबार नेपाल आइपुग्ने

२०८३ श्रावण ३, आईतवार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं 

३ साउन २०८३

राजु सामत

 

काठमाडौं — कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिक टन डिएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ ।

‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक टन डिएपी मल छिमेकी  भारतको कोलकाता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो । उक्त मलमध्ये एक हजार २५० मेट्रिक टन १ साउनमा नेपालतर्फ ढुवानी सुरु भएको थियो ।बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) भइरहेको जनाइएको छ ।

प्याकेजिङ सम्पन्न भएसँगै मल लगत्तै  भित्रने कृषि वन तथा पर्यावरणमन्त्रीको सचिवालयले जनाएको छ । मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ ।

विगतका दिनहरूमा कृषकलाई मुख्य समस्याको रुपमा मल बनेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय