मिस युनिभर्स नेपाल २०२६ को फिजिकल अडिसन सकियो

२०८३ श्रावण २१, बिहीबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं 

२१ साउन २०८३

राजु सामत

 

काठमाडौँ — दिपलले प्रस्तुत गरेको मिस युनिभर्स नेपाल २०२६ को फिजिकल अडिसन द सोल्टी काठमाडौंमा गरिएको छ ।

यस पटकको अडिसनमा नेपालका विभिन्न क्षेत्रका साथै विश्वभरका गैरआवासीय नेपाली गरी १ सय ६ जना प्रतिस्पर्धीको उत्साहजनक सहभागिता रहेको दिपलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सहभागीहरूको आत्मविश्वास, प्रतिभा र व्यक्तित्वको मूल्यांकनपछि निर्णायक मण्डलले उत्कृष्ट २५ जना प्रतिस्पर्धीलाई प्रतिस्पर्धाको अर्को चरणका लागि चयन गर्ने जनाइएको छ ।

  • छानिएका २५ जना प्रतिस्पर्धीले ग्रान्ड फिनालेका लागि विशेष तालिम, मेन्टरसिप र व्यक्तित्व विकासका कार्यक्रममा भाग लिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय