काठमाडौं
२६ साउन २०८३

राजु सामत
काठमाडौँ — फ्लेम अवार्ड्स एसिया २०२६ नेपालको आउटरिच नेपाल, लेमन र डिजिटल इनले संयुक्त रूपमा कुल १७ अवार्ड जितेका छन् । त्यसमा १३ गोल्ड, ३ सिल्भर र १ ब्रोन्ज छन् ।
विभिन्न लिडिङ ग्लोबल तथा डोमेस्टिक ब्राण्डका लागि तयार गरिएका क्रिएटिभ क्याम्पेनले यी अवार्ड जितेका हुन् । रुरल मार्केटिङ एसोसियसन अफ इन्डियाद्वारा आयोजित फ्लेम अवार्ड्स एसियाले भारत तथा एसियाका इमर्जिङ मार्केट्समा उत्कृष्ट मार्केटिङ तथा कम्युनिकेसन कार्यलाई सम्मान गर्दै आएको छ ।
कन्ज्युमर इन्साइट, इनोभेसन, क्रिएटिभिटी, टेक्नोलोजी, कम्युनिटी इन्गेजमेन्ट तथा मेजरेबल इम्प्याक्टमा आधारित उत्कृष्ट कामलाइ सम्मान गर्दै आएको हो ।
नेपालका ५ एजेन्सीले विभिन्न विधामा अवार्ड जितेका छन् । आउटरिच, लेमन/डिजिटल इनसँगै स्टर्म कम्युनिकेसन नेपाल र डी२० ल्याब्सले पनि अवार्ड जितेका छन् ।
आउटरिच नेपालका संस्थापक तथा एडभर्टाइजिङ एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष उजय शाक्यले मार्केटिङ कम्युनिकेसन्स उद्योगमा रहेको प्रतिभा, क्रिएटिभिटी र महत्वाकांक्षाको राम्रो पहिचान रहेको बताए ।
: रासस

