बारा
३ भदोै २०८३

राजु सामत
बारा — सिमरामा अन्दाजी ३-४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको विरोधमा उत्रेर प्रदर्शन गर्दै गरिएको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको पथलैयाको अवरोध खुलेको छ ।
५ घण्टापछि अवरोध खुलेको हो । उनीहरूले पथलैया, सिमरा र जीतपुर गरी ३ ठाउँमा राजमार्ग अवरोध गरेका थिए । दिउँसो १ बजेदेखि पथलैया, जितपुर र सिमरा मुख्य बजारमा वीरगन्ज–पथलैया त्रिभुवन राजमार्ग अवरोध गरिएको थियो ।
प्रदर्शनकारीलाई सम्झाई बुझाई गरेपछि पथलैयाको अवरोध खुलेको पथलैया ट्राफिक कार्यालयका एक प्रहरी अधिकृतले बताए । पथलैयाको अवरोध खुले पनि जितपुर र सिमराको अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
अवरोध सडक खुलाउन बालिकाको पीडित परिवार, स्थानीय प्रदर्शनकारीसित छलफल र समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए । बालिकाको शव अस्पतालबाट उठेको छैन । बलात्कार र हत्या कसुरमा स्थानीय दुई युवक पक्राउ परिसकेका छन् । उनीहरूमाथि ४ दिनको अदालतबाट म्याद लिएर प्रहरी हिरासतमा राखिएको छ ।

