चाडपर्व सुरक्षामा २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

२०८३ आश्विन २६, सोमबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौंमा 

२६ असोज २०८३

राजु सामत 

काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालले दसैं, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ ।

असोज २२ देखि लागू योजनाअन्तर्गत २८ हजार १२६ जनशक्ति परिचालन गरिएको छ भने थप ४ हजार ५०० जनशक्ति तयारी अवस्थामा राखिएको छ ।

सुरक्षाका लागि देशभर १४१ नागरिक सहायता कक्ष, १६ स्वास्थ्य सहायता कक्ष र १३ पर्यटक सहायता कक्ष स्थापना गरिएको छ । मुख्य राजमार्गमा उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितको टोली तथा १६ स्थानमा ठूलो संख्यामा घाइतेको उद्धार गर्न सक्ने सवारीसाधन तैनाथ गरिएको छ ।

त्यस्तै, सीमा सुरक्षाका लागि संयुक्त गस्ती, चेक प्वाइन्ट र पैदल तथा मोबाइल गस्ती बढाइएको छ । संवेदनशील स्थानको निगरानीका लागि २१ ड्रोन र सीमा नाकाका ४१२ सीसीटीभी क्यामेराबाट २४सै घण्टा अनुगमन गरिने सशस्त्र प्रहरीले जनाएको छ ।

आपत्‌विपद्‌मा सहयोगका लागि सशस्त्र प्रहरीको टोल फ्री नम्बर १११४ र सीमा हटलाइन नम्बर ९८५१२६०७३० मा सम्पर्क गर्न सकिनेछ ।

 

रासस:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय