सत्तारुढ प्रदेश सांसदको आक्रोश– सरकार ‘फेलियर’ हुने दिशातर्फ जाँदै छ

२०७८ असार २६, शनिबार
पढ्ने समय : < 1 मिनेट

जनकपुरधाम । प्रदेश नम्बर–२ मा सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)का सांसद परमेश्वर साहले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

शनिबार बसेको प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले सरकारप्रति आक्रोश पोखेका हुन् । पुरानो लोकप्रिय नारा हटाएर कमजोर योजना ल्याइएको भन्दै उनले सरकार ‘फेलियर’को दिशातर्फ अगाडि बढेको बताए ।

“सुन्दै छु प्रदेश सरकारका गौरवका योजना, मझौला सिँचाइको योजना र क्रमागत योजना हटाउँदै छ । त्यो हटाउनु दुर्भाग्य हो । त्यो बहुवर्षीय योजना छ । त्यो योजना हटायो भने त्यसको हालत के होला ? हामी त्यसको विरोध गर्छौँ,” उनले भने ।

सरकारले बिनाअध्ययन योजना ल्याएको आरोप उनले लगाए । “वीरगन्जमा प्राविधिक विश्वविद्यालय बनाउने के तयारी छ हाम्रो ? तयारी नगरिकन समावेश भएको योजनाले के प्रतिफल दिन्छ ?,” उनले प्रश्न गरे, “जनकपुरलाई शैक्षिक हब बनाउने के–को आधारमा लेखिएको छ ?”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय